Rule 38
मान्यता तथा समकक्षता निर्धारण समिति
(१) विदेशी शैक्षिक वा प्राज्ञिक संस्थाबाट माध्यमिक शिक्षा सरह परीक्षा उत्तीर्ण गरी प्राप्त गरेको प्रमाणपत्र वा उपाधिलाई मान्यता तथा समकक्षता निर्धारण गर्न देहायका सदस्यहरु रहेको एक मान्यता तथा समकक्षता निर्धारण समिति रहनेछः–
(क) सह–सचिव, (उच्च शिक्षा तथा शैक्षिक व्यवस्थापन महाशाखा) मन्त्रालय – अध्यक्ष
(ख) परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालय – सदस्य
(ग) प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय – सदस्य
(घ) प्रतिनिधि, उच्च माध्यमिक शिक्षा परिषद् – सदस्य
(ङ) महानिर्देशक, पाठ्यक्रम विकास केन्द्र – सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको समितिको अन्य काम, कर्तव्य र अधिकार मन्त्रालयले तोके बमोजिम र बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिम समितिको सचिवालयको काम पाठ्यक्रम विकास केन्द्रले गर्नेछ ।